सुचना आयोग ८ बर्षमा प्रवेश,सार्वजनिक निकायको सुचना पाउनै मुस्किल

0
702

काठमाडौ, २२ बैशाख । राष्ट्रिय सुचना आयोगले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । आयोगको आठौँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओलीले शुभकामना व्यक्त सन्देश ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि बिषयको सुचना माग्ने र पाउने हक भएको भन्दै यसको अधिकतम प्रयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । बार्षिकोत्सवकै अवसरमा शुभकामना सन्देश ब्यक्त गर्दै राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाले सबै नागरिकलाई आफ्नो संबैधानीक र कानुनी अधिकारको उपयोगमा पुर्णत चनाखो रहन अपिल गर्नुभएको छ ।
सबै सार्वजनिक निकायलाई जनताको सुचनाको हकलाई सम्मान गर्न पनि सुचना आयोगले आग्रह गरेको छ । सुचनाको हकसम्बन्धि ऐन २०६४ बमोजिम सुचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने उद्येश्यका साथ राष्ट्रिय सुचना आयोगलाई स्वतन्त्र आयोगको रुपमा स्थापना गरिएको हो । नेपालको संबिधान २०७२ को मौलिक हक अन्तर्गत धारा २७ मा सुचनाको हक सम्बन्धि ब्यवस्था गरिएको छ ।