आफुलाई प्रधानमन्त्री बनाउन ओलीलाइ दाहालको आग्रह ।

0
492

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।
सत्तारुढ दुई प्रमुख दलका अध्यक्ष समेत रहनुभएका उहाँहरुबीच चालु संसद् सञ्चालन, सरकारको आगामी नीति तथा कार्यक्रम, बजेट र राष्ट्रिय सहमति निर्माण लगायत विषयमा छलफल भएको बुझिएको छ यद्दपि भेटवार्ताबारे औपचारिक जानकारी दिइएको छैन । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरुबीच भेटवार्ता भएको तर छलफलका विषयवस्तुबारे जानकारी नभएको बताउनुभयो ।
मङ्गलबार साँझ वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा ९एमाले० र सत्ता साझेदार एकीकृत नेकपा ९माओवादी०का शीर्ष नेताको बैठक बसेको थियो । आज बिहान दुवै दलका आफ्ना आफ्ना स्थायी कमिटीको बैठकपछि ओली र दाहालबीच भेट भएको हो ।