देशलाइ निकास दिन एमाले तयार,राष्ट्रिय सहमतीमा जोड ।

0
253

काठमाडौँ, २२ वैशाख । नेकपा ९एमाले० स्थायी कमिटीको आजको ३८औँ बैठकले राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । बैठकपछि पार्टी सचिव तथा प्रचार प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मुलुकमा राजनीतिक अस्थिरतालाई बढावा दिने प्रयासलाई बृहत्तर राष्ट्रिय सहमतिका आधारमा निस्तेज पार्दै अगाडि बढ्न पार्टीले संविधान निर्माण पूर्वदेखि नै र विशेषगरी १६ बुँदे सहमतिदेखि निरन्तर राष्ट्रिय सहमतिको पक्षमा आफूलाई उभ्याउँदै अवस्थामा राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने र संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दललाई बैठकले आह्वान गरेको छ ।’’ रासस प्रेस वक्तव्य नेकपा ९एमाले० स्थायी समितिको ३८औं बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बस्यो । बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गम्भीरताका साथ छलफल भयो । संविधानको निर्माणमा पार्टीको निर्णायक भूमिका, संविधान कार्यान्वयनका निम्ति पार्टीले गर्दै आएको अथक प्रयास, राष्ट्रिय हितको रक्षाका लागि पार्टी र वर्तमान सरकारले लिएका अविचलित अडान र मुलुकलाई आर्थिक समृद्धिको दिशामा तीब्ररुपले अगाडि बढाउन पार्टीले लिएको पहलकदमी सर्वविदितै छ । मुलुकमा राजनीतिक अस्थिरतालाई बढावा दिने प्रयासलाई बृहत्तर राष्ट्रिय सहमतिका आधारमा निस्तेज पार्दै अगाडि बढ्न पार्टीले संविधान निर्माण पूर्वदेखि नै र विशेषगरी १६ बुँदे सहमतिदेखि निरन्तर राष्ट्रिय सहमतिको पक्षमा आफूलाई उभ्याउँदै आएको सबैलाई विदितै छ । आजको स्थायी समिति बैठकले राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने र संविधानको कार्यान्वयन, भूकम्प पछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।