एजेन्सी बैशाख २३ काठमाण्डौ । भारतको छत्तीसगढस्थित बलरामपुर–रामानुजंज जिल्लामा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौ यात्रु गम्भीर घाइते भएका छन् । प्रहरीले मृतकको संख्या बढ्न सक्ने जनाएको छ। प्रहरीका अनुसार महेन्द्र ट्राभल्सको बस झारखण्डको गढवाबाट छत्तीसगढको राजधानी रायपुरका लागि जाँदै थियो । बस राति दश बसे दलोवा क्षेत्र नजिकै असन्तुलित भएर दुर्घटनामा परेको हो । बस तिब्र गतिका कारण दुर्घटना भएको स्थानिय प्रहरीले जनाएको छ। बसमा कुल ६३ यात्रु सवार थिए । जसमा १६ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सरगुजा र बिलासपुर पठाइएको प्रहरीले जनाएको छ। २२ जनालाई बलरामपुर जिल्ला अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। धेरैजसो घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।