हल्ला चल्दैमा संसद बिघटन हुदैन ः प्रम ओली

0
457

काठमाण्डौ,२३,बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन अफवाह मात्रै भएको भन्दै संसद विघठन नहुने बताउनु भएको छ ।
आज व्यवस्थापिका–संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदबाट चुनिएको प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासविरुद्ध नउभिने भन्दै संसद विघटन नहुने बताउनु भएको हो । उहा“ले थुप्रै हल्ला र चर्चा चलेको आफूले देखेको भन्दै हल्लाका कुरा पनि आधार बनाएर आलोचना भएको बताउनुभयो । उहा“ले संसद विघटन गर्दैछन् भन्ने पनिे संसद विघटन हल्ला चलेको भन्दै संसद भंग नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले संसदीय अभ्यासबाटै अघि बढ्ने भन्दै त्यसबाट तर्किने, उम्कने जस्केलाबाट हिड्ने तरिका आफूले नअपनाउने बताउनुभयो । उहा“ले षयडन्त्र र धोकामा राष्ट्रिय सहमति नहुने बताउनुभयो । उहा“ले अहिलेको आवश्यकता राष्ट्रिय आवश्यकता हो कि लोकतान्त्रिक संसदीय अभ्यास हो भन्ने प्रश्नसमेत गर्नुभयो । उहा“ले अहिले आवश्यकता संविधान कार्यान्वयन, पुनर्निर्माण, जनताको समस्या समाधान रहेको बताउनुभयो । उहा“ले मनगढन्ते असन्तुष्टि र विरोधहरू रहेको भन्दै तिनीहरूलाई अन्त्य संवाद र सहमतिबाट गरिने बताउनुभयो । उहा“ले आफूलाई संवाद गरेन, सहमति गरेन भन्ने आरोप लाग्ने गरेको भन्दै असन्तुष्टि छन् भने बसेर छलफल गर्न आग्रह गर्नुभयो । उहा“ले अस्थिरता ल्याउन खोज्ने खालका दौडबाजीसमेत हुने गरेको आरोप लगाउनुभयो । उहा“ले यस्ता प्रयास र गतिविधि हुने गरेको भन्दै त्यसबाट समस्या समाधान नहुने बताउनुभयो । उहा“ले देशलाई कसरी अघि बढाउने भन्ने विषयमा दलहरुबीच जिम्मेवार छलफल हुनुपर्ने बताउनुभयो ।