ट¥रेयो सम्भावना, एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिने प्रचण्डको निर्णय।

0
550

काठमाण्डौ,२३,बैशाख ।  एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने अध्यक्ष प्रचण्डले सम्भावना टरेपछि एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको बताउनु भएको छ ।
राजधानीमा कालमाक्र्सको द्धिसतबार्षिकीको अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफुले पटकपटक रष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताउ“दै आएपनि त्यो तत्काल सम्भव नहुने भएपछि यहि सरकारलाई निरन्तरता दिएको बताउनुभयो । वर्तामान सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेपछि पुनः राष्ट्रिय सहमतिय सरकारका लागि पहल जारी राखिने प्रचण्डको भनाइ छ । उहा“ले संविधानको सफल कार्यान्वयन, भुकम्पपछिको पुनःनिर्माणलाई गति दिन र देशलाई विकासको गतिमा अगाडी बढाउन पनि राष्ट्रिय सहमतीय सरकारको आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीभित्र बैचारिक विचलन आएको स्विकार गर्दै नेपालमा शक्तिशाली केन्द्र बनाउन सकिनेमा प्रश्न उब्जिएको बताउनुभयो । 