न्युर्योकमा हुने ब्यापार मेलाले बिश्वसमुदायको मन जित्ने

0
490

प्रकाश चन्द्र दाहाल काठमाण्डौ,बैशाख २३ । अमेरीकाको न्युयोर्कमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ तारिख सम्म हुने नेपाल प्रदर्शनीको तयारीका सम्बन्धमा तीब्र गतिमा कामहरु भैरहेका छन् । सोही ब्यापार मेलालाई सफल बनाउन अमेरीका लगायत बिभिन्न देशमा प्रचार प्रसारका कार्यहरु भैरहेका छन् । नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको सम्बन्धमा न्युयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी मेलालाई सफल बनाउन सबैलाई आग्रह गरेको छ । पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्टले न्युयोर्क सेरोफेरोमा रहेका नेपाली व्यवसायी तथा पत्रकारहरुलाई नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको बारेमा जानकारी गराएको थियो ।wmc
उक्त कार्यक्रममा अतिथीहरुलाई १ १ थान नेपाली झन्डा हस्तान्तरण गरि स्वागत गरिएको थियो । सोही क्रममा न्युयोर्कमा आगामी मे २२ तारिखमा हुने नेपाल परेड दिवसको लागि १ सय ५० डलर आर्थिक सहयोगको प्रदान गर्नुका साथै १ सय १० वटा नेपाली झन्डा समेत वितरण गरिएको थियो ।

वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्टका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले संचारकर्मीहरु संग अन्तरक्रिया गर्नु भएको थियो । अमेरीकाका लागि महाबाणिज्यदुत नारायण प्रसाद मैनालीले अमेरिकी खरिदकर्तालाई बढी भन्दा बढी उपस्थित गराउने गरी मेलाको ब्यबस्थापन मिलाउन सुझाब दिनु भएको थियो ।

यसैगरी आगामी मे ११ र १२ तारिखमा वाशिंगटन डिसीमा सिनेटर तथा कांग्रेस संगको भेटघाटमा महत्वाकांक्षी मेलाको बिषयमा जानकारी गराउने आयोकले जनाएको छ । आगामी दिनमा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी समुहले काठमाडौँ स्थितअमेरिकी दुताबासमा कार्यक्रममा सहभागी हुनेहरुलाई भिजाको सहज ब्यबस्था मिलाउन आग्रह गर्ने जनाएको छ ।world business management

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन गर्ने तथा नेपाल र अमेरिका बीच व्यापार विस्तार गर्ने उद्धेश्यका साथ न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी गर्न लागिएको हो । उक्त तीन दिने मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता हुने आयोजकले जनाकरी दिएको छ ।