रानी पोखरकिो मन्दीर सोमबारबाट भत्काईने ।

0
1020

काठमाडौँ, २४ वैशाख । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर गत बुधबारदेखि भत्काउने भने पनि आन्तरिक कारणले गर्दा सुरु हुन सकेको छैन । पुनःनिर्माणका लागि जिम्मा लिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिर अहिलेको जस्तै बनाउनुपर्ने भएकाले त्यसका लागि केही काम बाँकी रहेको हुँदा आगामी सोमबारदेखि मात्र भत्काउन सुरु गर्ने तयारी रहेको छ । मन्दिरमा रहेका सबै देवताका मूर्ति भने निकालिसकिएको छ । एक हप्तादेखि पोखरी पुनःनिर्माणका लागि पोखरीको पानी फाल्ने काम सुरु भएको भए पनि ९म्युजिकल फाउन्टेन०का कारणले गर्दा केही दिन सो काम स्थगित भएपनि उक्त काम पनि पुनः सञ्चालन हुने बताइएको छ ।rani पानी फाल्ने काम सकेसँगै महत्वपूर्ण कामका रुपमा रहेको पोखरीको हिलो फाल्ने काम सुरु हुने जानकारी गराइएको छ । झन्डै ४०० वर्षदेखि सफा नगरेको पोखरीको हिलो फाल्ने कामका लागि कति जनशक्तिको आवश्यकता पर्ने, कति खर्च लाग्ने, हिलो कहाँ व्यस्थापन गर्ने भन्ने यकिन नभएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । रानीपोखरीको पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने तथा हरियाली बनाउने बताइएको छ । मन्दिर आगामी सोमबारदेखि पुरातत्व विभागको रोहवरमा भत्काउने काम सुरु गर्ने जानकारी गराइएको छ । गतबर्ष वैशाखमा गएको विनाशकारी भूकम्पले गर्दा उक्त मन्दिर पनि पूर्ण रुपमा क्षति भएको थियो ।