सिरीयामा हवाइ हमला,२८ को मृत्यु ।

0
416

बैशाख २४ सिरिया एजेन्सी । शिरियाको एक शरणार्थी शिविरमा हवाइ आक्रमण भएको छ । गएराती भएको आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको बिबिसीले लेखेको छ । टर्किस बोर्डर नजिकै रहेको कामुना शरणार्थी क्याम्पमारसियन वा सिरियन लडाकु विमानले आक्रमण गराएको हुनसक्ने आशंका गरिएको छ । तर त्यसको पुष्टि भने भइनसकेको त्यहाँका सुरक्षा अधिकारीहरुले बताएका छन् । रुस र अमेरिकाको दबाबमा सिरियाली सेना र विद्रोही संगठनले अस्थाई युद्धविराम गरेका थिए । सिरियामा गएको फ्रेबुअरी महिनादेखि युद्धविराम लागु भए पनि केही दिनदेखि युद्ध भने बढ्दै गएको छ ।