नेपाल प्रहरीलाई स्रोत साधन युक्त बनाउने प्रधानमन्त्री ओलीको उद्धघोष ।

0
720

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्नुभएको छ । सो अवसरमा प्रधानमनत्री ओलीले प्रहरी कर्मचारीहरुलाई सुरक्षा ब्यबस्था मजबुत राख्न निर्देशन निु भएको छ ।
प्रधानमन्त्री ओलीले जटिल र अप्ठेरो परिस्थितिमा पनि नेपाल प्रहरी राज्यका चुनौतीको सामना गर्दै अगाडि बढेकोमा प्रसंसा गर्दै संक्रमणकालमा समेत असाधारण तरीकाले काम गरेकोले नेपाल प्रहरीलाई विशेष धन्यबाद दिनुभयो ।
अपराधमुक्त समाज र राष्ट्र निर्माणका लागि नेपाल प्रहरी मात्र सक्षम भएर नहुने प्रसङग उठाउँदै प्रधानमन्त्री ओलीले यसका लागि समाज रुपान्तरित हुनुपर्नेमा जोड दिनु भयो । सामाजिक सदभाव, राष्ट्रिय एकता र सहिष्णुता कायम गर्न सुरक्षा निकायको मात्र नभई आमनागरिकको समेत दायित्व रहेकोले सुरक्षा निकाय यसप्रति अझै संवेदनशील हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले संगठित अपराधलाई नियन्त्रण गर्न जनतासँग हातेमालो गर्दै अगाडि बढ्न निर्देशन समेत दिनुभयो ।pm in police office
नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न गराएमा मात्र शान्ति सुरक्षाको स्थिति थप सुदृढ, अपराध नियन्त्रण र घटित अपराधको सफल अनुसन्धानमा तदारुकता आउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा नेपाल सरकारको नीति तथा कार्यक्रम मार्फत आवश्यक सम्बोधन गरिने जानकारी दिनुभयो ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले वर्तमान चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने, दक्ष जनशक्ति बिस्तार गर्नुपर्ने, तालिमलाई समयसापेक्ष बनाउनुपर्ने, साधनस्रोत सम्पन्न बनाउनुपर्ने र संगठनको एकतालाई अझै मजबुद गराउनुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्री तथा गृहमन्त्रीको निर्देशन अक्षरस पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमनत्रीको निर्देशनले कर्तव्यपथमा निर्भिक भई अगाडि बढ्न थप उर्जा र उत्साह मिलेको चर्चा गर्दै उहाँले संगठन सुदृढिकरण तथा आधुनिकीकरण, भौतिक स्रोतसाधनको व्यवस्था र सेवा सुबिधाका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमले विशेष सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।