राष्ट्रपति भण्डारीले आइतवार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

0
429

काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारव्यवस्थापिका–संसद्ममा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीले आइतबार अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७२ असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको सात महिनापछि सरकारको नीति तथा कार्यक्रम आउन लागेको हो । राष्ट्रपति भण्डारीले पहिलो पटक सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्न लाग्नुभएको हो । व्यवस्थापिका–संसद्बाट गत कात्तिकको पहिलो साता राष्ट्रपतिमा भण्डारी निर्वाचित हुनुभएको थियो । विनाशकारी भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनःनिर्माण, भूकम्पपीडित जनतालाई राहत, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय नीति तथा कार्यक्रममा समावेश हुने अर्थमन्त्रालयले जनाएको छ। सरकारको नीति तथा कार्यक्रमलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो ।