नेपालगञ्जमा आज देखि ट्राफिक सप्ताह

0
489

नेपालगन्ज २६, बैशाख बाँकेमा आजदेखि ट्राफिक सप्ताह २०७३ शुरु भएको छ । आज नेपालगन्जमा एक कार्यक्रमको बिच बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले ट्राफिक सप्ताहको उदघाट्न गर्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कार्यालय बाँकेको सहकार्यमा सप्ताह शुरु भएको हो । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले अधिकांश दुर्घटना चालकका कारणले हुने गरेको बताउनुभयो । नेपालमा सडकको अवस्थामा पनी नराम्रो भएकाले चालकहरुलाई उहाँले ध्यान दिएर सवारी साधन चलाउन आग्रह गर्नुभयो ।
सप्ताहव्यापी कार्यक्रममा ट्राफिक सम्बन्धी जनचेतना जगाइने जिल्ला ट्राफिक कार्यालय बाँकेले जानकारी दिएको छ । सार्वजनिक सवारी साधनमा हने आरक्षण सिट, ट्राफिक नियम, सवारी साधन चलाउँदा अपनाउने सवाधानीका बारेमा पर्चा पम्पलेट लगायत बितरण गरी साताभरी जानकारी दिइने छ । ट्राफिक सप्ताह उदघाट्न अघि नेपालगञ्जमा ¥याली निकालिएको छ । धम्बोझी चोकबाट शुरु भएको ¥याली बजारका बिभिन्न भागको परिक्रममा गरेको थियो ।