इजिप्टमा पत्रकार सहित ६ जनालाई मृत्युदण्ड ।

0
337

एजेन्सी बैशाख २६ काठमाण्डौ । इजिप्टको एक अदालतले शनिबार एक विचाराधीन मुद्दाको फैसला सुनाउँद दुई जना अलजजीराका पत्रकार सहित छ जना नागरिकलाई मृत्युदण्डको सजाय तोकेको छ ।
उनीहरुमाथि सरकारविरुद्ध जासुसी गरेको र गोप्य कागजात कतारलाई उपलब्ध गराएको अभियोग लगाइएको सरकारी टेलिभिजन च्यानल नाइलले जनाएको छ ।
यसै मुद्दामा एजिप्टबाट निस्कासित गरिएका मोहम्मद मोर्सीलाई पनि आरोप लगाइएको भए पनि उहाँमाथिको अदालती सुनुवाइलाई भने आगामी जुन १८ सम्मका लागि स्थगित गरिएको छ