देउवा भन्छन् ओली सरकार म्यादी !

0
314

काठमाडौँ, २६ वैशाख । व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आर्थिक बर्ष२०७३,७४ लागि घोषणा गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने प्रतिक्रिया दिएको छ । संसद्को आइतबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले भन्नुभयो, “म्यादी सरकारले ल्याएको कार्यक्रम कार्यन्वयन हुने कुरै भएन ।” सरकारका मन्त्रीबाटै एउटा सरकारले बजेट ल्याउने अनि अर्को सरकारले कार्यान्वयन गर्ने सहमति भएको भन्ने भनाइ सार्वजनिक भइरहेको बेला आएको यो नीति तथा कार्यक्रम कार्यान्वयनको सम्भावना नरहेको उहाँको टिप्पणी थियो ।