सात दलद्धारा नीति तथा कार्यक्रम बहिष्कार

0
473

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा व्यवस्थापिका–संसद्मा आइतबार प्रस्तुत सरकारको चालु आव २०७३/७४ को नीति तथा कार्यक्रममा मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिम समुदाय प्राथमिकतामा नपरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध सात दलले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले मार्चाको ११ बुँदे तथा थरूहटको १३ बुँदे मागको सम्बोधन नगरेको, आन्दोलनकारीमाथि झुट्ठा मुद्दा लगाई गिरफ्तार गर्ने र यातना दिने कार्य जारी राखेको भन्दै थरूहट तराई पार्टी तथा नेपाली जनता दलले समेत नीति तथा कार्यक्रम बहिष्कार गरेको छ। “आन्दोलनका घाइतेको उपचारको सम्बन्धमा पूर्णतया उदासिनता रहेको, तराई मधेसमा घटेका मानवअधिकार हननसम्बन्धी घटनाको न्यायिक जाँचसमेत नगरेकाले नीति तथा कार्यक्रमलाई बहिस्कार गर्ने निर्णय गरिएको छ”–मोर्चाद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।