प्रकाश चन्द्र दाहाल, बैशाख २७ काठमाण्डौ । अमेरीकामा हुने नेपाली बस्तु तथा उत्पादनहरुको बृहत प्रदर्शनीप्रति नेपाली ब्यापारीहरुको सहभागीता उल्लेख्य मात्रामा हुने भएको छ । आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म न्युर्योकको म्यानहटनको पियर ९२मा हुने प्रदर्शनीमा सहभागीभई आफ्ना उत्पादन तथा वस्तुहरुको अन्तराष्ट्रिय बजार प्रबर्दन गर्न नेपाली उत्पादकहरुले चासो देखाएका हुन । अमेरीकी राष्ट्रपति बाराक ओबामाले अमेरीकी संसदबाट ६६ वटा नेपाली उत्पादनका बस्तुलाई बिना भञ्सार अमेरीकामा ब्यापार गर्न दिने प्रस्ताव स्विकृत गराए लगत्तै हुन लागेको प्रदर्शनीले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउने महत्वपुर्ण अवसर भएको भन्दै साना तथा घरेलु उद्योग देखि ठूलो लगानी रहेको पस्मिना,गलैचा तथा छाला जन्य उतपादकहरुले स्टल समेत बुक गराइ सकेकोछन् । आयोज संस्था वल्र्ड विज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टका अनुसार स्लट बुकिङ अनलाइन माफर्त नै गर्न सकिने भएकाले बिश्वभरका नेपालीहरुले चासो राखेकाछन् । प्रदर्शनीका लागि जम्मा ३२३ वटा मात्रै स्टल रहेकाले सबैलाई स्थान दिन गाहे हुने भएकाले बाँकी सिमीत स्टल नेपाली उत्पादकहरुलाई प्राथमिकताका साथ दिइने आयोजकले जनाएको छ ।
उक्त मेलाले आफ्नो उत्पादनको अन्तराष्ट्रिय बजार प्रबद्र्धन गर्न सहयोग पुग्ने बिश्वासका साथ एक सय भन्दा धेरै ब्याबसायीहरुले स्टल बुक गरि सकेका छन् । आयोजक संस्थाका अध्यक्ष बुद्धि प्रसाद रेग्मीका अनुसार अमेरीकामा पहिलो पटक हुन लागेको मेलाबाट संस्थागत लाभ भन्दा राष्ट्रिय स्वार्थ धेरै पुराहुने ावी गर्नु भएको छ । रेग्मीका अनुसार म्यानहटन जस्तो चर्चित ब्यापारीक केन्द्रमा मेलाको आयोजना गरिएकाले लगानीमा उत्पादन भएका सामानहरुको डलरमा कारोबारगरि आफ्नो उत्पादनको अन्तराष्ट्रिय बजार परिक्षण गर्न आग्रह गर्नु भयो । उहाँले मेलाको अवसरबाट धेरै भन्दा धेरै फाइदा लिन नेपाली पनि उद्योगीहरुलाई आग्रह गर्नु भएको छ ।