काठमाडौ, २९ बैशाख । एकीकृत माओवादीले सरकारले ल्याएको नीति तथा कार्यक्रम, एमालेसँगको सत्ता सहकार्य लगायतका विषयमा आधिकारिक धारणा बनाउने भएको छ । त्यसका लागि स्थायी समितिको बैठक अहिले बसिरहेको छ । नेताहरुका फरक फरक भनाई आएपछि एमाओवादीले स्थायी समितिको बैठकबाट साझा धारणा बनाउन लागेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा माओवादीसँग गर्ने भनिएको पार्टी एकिकरण लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा सरकारको समिक्षा गर्नुको साथै सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा पनि छलफल हुने वैठक अघि प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।