राजदुतहरुसंग छलफल गर्ने प्रधानमन्त्रीको तयारी,सरकारढाल्न राजदुत सक्रिय भएको आरोप ।

0
292

काठमाडौ, २९ बैशाख । प्रधानमन्त्री केपी ओलीले नेपालस्थित कूटनीतिज्ञलाई आज सरकारको नीति तथा कार्यक्रम र राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउने तयारी रहेको छ । पछिल्लो अवस्थाबारे आज प्रधानमन्त्री ओलीले ‘ब्रिफिङ’ गर्न लाग्नु भएको हो । सत्ता परिवर्तनमा कूटनीतिक चलखेल भएको बताउँदै आएको सरकारले कूटनीतिक समुदायलाई आज दिउँसो एक होटलमा निम्त्याएर नेपालको आन्तरिक मामिलाबारे जानकारी गराउन लागेको हो । नीति तथा कार्यक्रम र आगामी बजेटबारे समेत कूटनीतिक समुदायलाई जानकारी गराइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पहिला उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सम्बोधन गर्ने र मन्त्रालयमा बोलाउने भनिए पनि उच्चस्तरबाटै हुनुपर्ने भन्दै प्रधानमन्त्रीले नै उनीहरूलाई उत्तर दिने गरी तयारी भएको हो । सरकारको कदम, स्थानीय निर्वाचन, बजेट तथा अहिलेको अवस्थाबारे उनीहरूको समेत धारणा लिने उद्देश्यले सरकारले यो कार्यक्रम राखेको हो ।