काठमाडौ, २९ बैशाख । भूकम्प गएको एक बर्ष वितिसके पनि पराकम्प आउने क्रम अझै रोकिएको छैन । धादिङमा आज बिहानै पराकम्प गएको छ । धादिङकोे उत्तरी क्षेत्र मार्पाक आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केनद्रले जनाएकोछ । बिहान ७ बजेर ४ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरको परकम्प गएको हो । भूकम्पको बलिायो झड्का आएपछि धादिङको उत्तरी क्षेत्रलगायत सदरमुकाम लगायतका स्थानमा भागदौड मच्चिएको थियो । धादिङमा गएको पराकम्पले नुवाकोट,रसुवा,गोरखा देखि काठमाण्डुसम्म पनि हल्लाएको महशुस गरिएको थियो । पराकम्पका कारण बिगतको भूकम्पले हल्लाएका कम्जोर भौतिक संरचनामा क्षति पुगेपनि मानविय क्षतीको बिबरण भने आएको छैन । गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४५३ पटक परकम्प गइसकेको छ ।