काठमाडौ, २९ बैशाख । केही दिनयता देशभर प्री मनसुन सक्रिय हुनुका साथैपानी पर्ने क्रम सुरु भएको छ । केही दिनयता विभिन्न ठाउँमा हल्का वर्षा भए पनि हिजो राजधानी लगायत देशकाअधिकांश स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्ने क्रम धेरै ठाउँमा बिहिबारसम्म रहनेछ भने शुक्रबारदेखि पूर्वी क्षेत्रहरुमा मात्र वर्षा हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका साथै न्युनचापीय वायुमण्डलको प्रभावले वर्षा भएको हो । उहाँका अनुसार मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुन हुने समय मानिन्छ । तर हिजो आजशुरु भएको वर्षा भने प्रिमनसुनका कारण भएको जनाइएको छ । आज काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि साँझपख हल्का वर्षा हुन सक्ने महाशाखाको भनाइ छ ।