आज विश्व नर्स दिवस नेपालमा पनि मनाईदै ।

0
1746

काठमाडौ, ३० बैशाख । आज विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको सहभागीतामा अभियानमुलक कार्यक्रमहरु गरी नेपालमा पनि यो दिवस मनाउने गरिएको छ । nures dayअन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको छ । आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउन थालिएको हो । नाइटिङगेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज पनि संचालन गर्नुभएको थियो । ‘लेडि विथ दि ल्याम्प’ को उपनामले समेत विश्वमा परिचित फ्लोरेन्सको जन्म सन् १८२० मे १२ मा ब्रिटेनमा भएको थियो ।