खुल्लामञ्चमा बसपार्क सञ्चालन गर्न समस्या !

0
515

काठमाडौँ, ३१ वैशाख । पुरानो बसपार्कबाट आउने जाने सवारीसाधनलाई खुलामञ्चमा सारेसँगै व्यापारीले पसलसमेत सार्न थालेका छन् । बस भएको स्थानमा ब्यापारीहरु केन्द्रीत हुंदा बसपार्क सञ्चालनमा कठिनाइ उतपन्न भएको छ । पुरानोबसपार्कमा काठमाडौँ भ्यू टावर निर्माणको काम सुरु गर्नका लागि गत वैशाख २२ गते बुधबारदेखि पुरानो बसपार्कमा रहेको पार्किङ खुलामञ्चमा सारिएको थियो ।buspark यातायातका साधन सारेसँगै व्यापारीले खुलामञ्चमा पसल सारेका र सानो स्थान भएको हुँदा गाडी आवतजावत गर्नसमेत समस्या भएको चालकहरुको गुनासो छ । काठमाडौँ भ्यू टावरको निर्माण अवधिभर यातायातका साधन खुलामञ्चबाट नै आवतजावत गर्ने महानगरको भनाइ छ । पार्किङ सारेसँगै स्तम्भ निर्माणको काम सुरु गरिने निर्माणको जिम्मा पाएको जलेश्वर, स्वच्छन्द विकोइका प्रबन्धक मनोज भेटुवालको भनाइ छ । उहाँको अनुसार यातायातका साधनलाई खुलामञ्च सारेसँगै काठमाडौँ टावर निर्माणको काम सुरु भइसकेको छ । रु तीन अर्ब ५० करोडको लागतमा निर्माण गरिने बाह्रतले काठमाडौ स्तम्भको निर्माण कार्य १८ महिनामा सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । सो भवनमा व्यवस्थित सिनेमा हल, पौडीपोखरी, रेस्टुराँ, बैंक तथा काठमार्डौँ महानगरपालिकाको वडा कार्यालय रहनेछ ।