शिक्षकलाई तलबको सट्टा कुखुरा !

0
549

बैशाख ३१ काठमाण्डौ एजेन्सी । उज्वेकिस्तानको एउटा सहरमा विद्यालयका शिक्षकहरुलाई तलवको सट्टा कुखुराको चल्ला दिने गरिएको छ। अमेरिकी सहयोगबाट संचालित रेडियो ओजोडलिकका अनुसार कैरेकलपाकस्तान रिपब्लिकमा अधिकारीहरुले बैंकमा रकम अभावका कारण अण्डाबाट निस्कँदै गरेका चल्ला बाँडिरहेका छन् । एक जना शिक्षकले यो निर्णयलाई ‘लज्जाजनक’काम भएको प्रतिक्रिया दिएका छन् । उनले भने–विगत वर्षमा आलु, गाजर र फर्सी दिइएको थियो भने यो वर्ष तलववापत कुखुराको चल्ला लिन दबाव दिएका छन् । यदि हामीलाई कुखुरा आवश्यक भए हामी बजारबाटै निकै कम मूल्यमा किन्न सक्ने भन्दै कतिपय शिक्षकहरुले सरकारी निर्णयको बिरोध गर्दै आउका छन् । पारिश्रमिकका लागि एउटा चल्लालाई सात हजार सोम (उज्वेकिस्तानको मुद्रा) अर्थात अढाई डलर बराबर मान्ने गरिएको छ, जुन बजारमूल्यभन्दा दुई गुना बढी हो । उज्वेकिस्तानमा संचारमाध्यममा सरकारको नियन्त्रण रहने गरेको छ । जुन नागरिक विदेशी मिडियासँग कुरा गर्छन् उनीहरु आफ्नो पहिचान लुकाएर मात्र कुरा गर्ने गर्दछन् । उज्वेकिस्तान कयौ वर्षदेखि रकम अभावको सामना गरिरहेको छ । जसका कारण पारिश्रमिक र पेन्सन वितरणमा ढिलाई हुने गरेको छ।