नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

0
735

काठमाडौ, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज जवाफ दिंने कार्यक्रम छ । सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७३/७४को नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिनुहुनेछ । बिहान १० बजे बस्ने बैठकमा बाँकी सांसदहरुले भनाई राखे पछि प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचि तय भएको छ । । सांसदहरुको भनाई राखेपछि दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँकेलले जानकारी दिनुभयो । सरकारले आइतबार व्यवस्थापिका–संसदमा प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथि विभिन्न दलहरुले दुई दर्जन भन्दा बढी संशोधन प्रस्ताव पनि दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट १६ ओटा, नेपाल मजदुर किसान पार्टीबाट १० र खुम्बुवान पार्टीबाट एउटा संशोधन प्रस्ताव दर्ता भएको छ । नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिएपछि धन्यवाद प्रस्तावसहित पारित गर्ने कार्यतालिका रहेको छ । यहि नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते सरकारले बजेट ल्याउने तयारी गरेको छ ।