काठमाडौ, ६ जेठ । आफ्ना माग पूरा गराउन दवावमूलक कार्यक्रम गर्दै आएको संघीय गठबन्धनले आजदेखि काठमाडौ केन्द्रित दोस्रो चरणको आन्दोलन सुरु गर्दैछ । सिंहदरबार र बालुवाटार घेराउपछि नयाँ आन्दोलन घोषणा गरेको गठबन्धनले आज ललितपुरको लनगखेलमा प्रदर्शन र सभा गर्दैछ । हिजो थप १२ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । राजधानीका नागरिकको दैनिकी प्रभावित हुनेगरी बन्द, हड्तालका कार्यक्रम भने नराखिएको गठबन्धनका नेताहरुले जानकारी दिएका छन् । गठबन्धनको आजदेखि १७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय छ । उपत्यका बाहिरका मुख्य शहरमा पनि प्रदर्शन र सभा गर्ने गठबन्धनको कार्यक्रम रहेको छ ।