साना तीना माओबादि जोड्दै प्रचण्ड

0
793

काठमाडौ, ६ जेठ । विभाजित भएका माओवादीहरुबीच आज एकता हुने भएको छ । आज एक कार्यक्रम गर्दै एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादीको एक पक्ष लगायतका घटकहरुबीच एकता हुन लागेको हो । एमाओवादी, रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) को विद्रोही पक्ष, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता हुनेछ । पार्टीको केन्द्रीय समिति ६ सय ९९ सदस्यीय हुनेछ । आज ५ सय ९९ सदस्यीय केन्द्रीय समिति घोषणा हुने, बाँकी १ सय सदस्यपछि एकता प्रक्रियामा आउनेका लागि खाली राख्ने एमाओवादीले जनाएको छ । स्वतन्त्र रहनु भएकी जयपुरी घर्तीलगायत अरु केही नेताहरु पनि माओवादी एकता प्रक्रियामा सामेल हुने पक्कापक्की भएको छ । एकताअघि विधानसहित नीति कार्यक्रमका विषयमा छलफल भएको छ । एकता अधिवेशन भने दिउँसो १ बजेबाट सुरु हुनेछ ।