प्रेस चौतारीको अधिबेशन आजबाट,नयाँ नेतृत्वका लागि २ वटा प्यानल

0
461

काठमाडौ, ६ जेठ । एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको आठौंँ राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौमा सुरु हुँदैछ ।
आज उद्घाटन समारोह हुने छ भने भोलिदेखि बन्दसत्रमार्फत नीति र नेतृत्व चयनको कार्य हुने छ । महाधिवेशनको नारा ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ राखिएको छ ।press chautari
अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे काठमाडौको प्रज्ञा भवनमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
नयाँ संविधान अनुकूल विधान र नेतृत्वको कार्यसूची भएकाले नेतृत्वका आकांक्षी बढ्दा नेतृत्वमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । भावी अध्यक्षमा पूर्व वरिष्ठ अध्यक्ष गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने भएको छ ।
बस्नेत र नेपाल प्यानलसहित मैदानमा छन् । कुल ८ हजार साधारण सदस्य रहेको संस्थाको महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधि आउने प्रेस चौतारीले जनाएको छ ।