अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आजदेखि काठमाडौमा सुरु

0
824

काठमाडौ, ६ जेठ । अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आजदेखि काठमाडौमा सुरु हुँदैछ ।
नेपाल भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ हो भन्ने विषयमा सन्देश फैलाउन सरकारले सम्मेलन आयोजना गरेको हो । काठमाडौंमा हुने गोष्ठीको उद्घाटन मुल आयोजक समितिका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
गोष्ठीमा भाग लिन नेपालसहित २५ मुलुकका धर्मगुरु, भिक्षु, भिक्षुणी, ज्ञाता र सरकारी प्रतिनिधि राजधानी आइपुगेका छन् । काठमाडौंमा हुने दुई दिने गोष्ठी सकिएपछि शनिबार लुम्बिनीमा २५६० औं बुद्ध जयन्ती मनाइनेछ ।
कार्यक्रममा भाग लिन भारत, चीन, कोरिया, जापान, बंगलादेश, श्रीलंका, अमेरिका, बेलायत, दोहा, बर्मा, मंगोलिया, भुटान, अष्ट्रेलिया, थाइल्याण्डबाट प्रतिनिधिहरु आएका छन् । आयोजकका अनुसार गोष्ठीमा भाग लिन श्रीलंका र थाइल्याण्डबाट पर्यटन मन्त्री आइपुगेका छन् ।buddha
बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रको रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रुपमा विकास गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो । दुई दिने कार्यक्रममा बौद्ध दर्शनसँग सम्बन्धित कम्तीमा १८ विदेशी र ६ नेपाली विद्धानहरुका कार्यपत्र प्रस्तुत गर्नेछन्् ।
गोष्ठीबाट निस्किएको निश्कर्षलाई शनिबार लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहमा घोषणापत्रमार्फत जारी गरिने छ । लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहको शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ ।