जेठ ६ काठमाण्डौ एजेन्सी । फ्रान्सको पेरिसबाट कायरो जाँदै गरेको इजिप्ट एयरको विमान बेपत्ता भएको छ ।
इजिप्ट एयरले उठान नं. एमएस ८०४ विमान ५९ यात्रु र चालक दलका १० सदस्यसहित बेपत्ता भएको जनाएको हो ।
विमान राडरबाट बेपत्ता हुने क्रममा पूर्वी भूमध्यसागरमाथि ३७ हजार फिटको उचाइमा रहेको बताइएको छ। एक अधिकारीका अनुसार इजिप्ट एयरको यो विमान कायरोको समयअनुसार पौने ३ बजेबाट बेपत्ता भएको हो ।
बीबीसीले जनाए अनुसार बिमान उडानका क्रममा मौसम भने सामान्य रहेको थियो । त्यसैले बिमान बेपत्ताहुनुमा मौसम भन्दा अन्य कारण हुनसक्ने अनुमान गरिएको छ बिमानको वास्तबिक अबस्था अज्ञात रहेको छ ।