प्रधानमन्त्री ओलीको अर्को किस्सा, २ बर्ष पछि नेपाली पेट्रोलमै सरर

0
541

काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भरको बाटोमा सरकार अघि बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालले लामो समय दक्षिणी छिमेकीको तेल प्रयोग गरेको र उत्तरी छिमेकीको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको बताउनुभयो । उहाँले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी रु १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको जानकारी दिनुभयो । मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा बुझिदिनुपर्ने उहाँको आग्रह थियो ।press chautari कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा  देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार दिलीपकुमार सिंहलाई प्रदान गर्नुभयो । यस्तै उहाँले प्रेस चौतारीको प्रकाशन माक्सवादको उज्यालो र चौतारीको लोकार्पण पनि गर्नुभयो । महाअधिवेशनमा करिब ७०० जनाको सहभागिता रहेको छ ।