काठमाडौँ, ९ जेठ । केन्द्रीय तथ्याङ्क विभागले २१७ नगरपालिकामा सहरी सर्वेक्षण सुरु गरेको छ । तीन वर्षको अन्तरालमा ५८ नगरपालिकाबाट २१७ पु¥याइएपछि पूर्वाधार, शिक्षा, स्वास्थ्य, जीवनस्तरलगायतको अवस्था के छ भनी अध्ययन गर्न सर्वेक्षण सुरु गरिएको विभागका उपमहानिर्देशक एवम् सामाजिक तथ्याङ्क महाशाखा प्रमुख डा रुद्र सुवालले जानकारी दिनुभयो । “बत्ती, सडकलगायत भौतिक पूर्वाधार नपुगे पनि १० हजार जनसङ्ख्या भएको स्थानलाई नगरपालिका घोषणा गरिएको पाइएको छ, सर्वेक्षणपछि कस्तालाई नगरपालिका बनाइयो, त्यसको यथार्थ सार्वजनिक गछौँ”– उहाँले भन्नुभयो । हाल मुलुकमा एक महानगर, १२ उपमहानगर र २०४ नगरपालिका छन् । यी नगरपालिकाको पारिवारिक विवरण लिन पनि सर्वेक्षण गर्न लागिएको विभागले जनाएको छ । प्रतिनिधित्वमूलक छनोट विधिका आधारमा सहरी सर्वेक्षण गर्न लागिएको छ । सर्वेक्षणमा बसाइँसराइ, देश बाहिर कति रोजगारीमा छन्, कति विप्रेषण भित्रिन्छ लगायत ६० प्रश्न सोधिने बताइएको छ । सर्वेक्षणपछि सहरी क्षेत्रको आर्थिक, सामाजिक अवस्था बुझ्न र नीति निर्माणका लागि सहयोग पुग्ने विभागको विश्वास छ ।