कालोबजारी बिरुद्ध नेविसंघ निरन्तर आन्दोलनमा

0
612

काठमाडौ, १० जेठ । सरकारको संरक्षणमा कालोबजारी बढेको भन्दै नेपाली कांग्रेसको ससक्त भातृ संगठन नेपाल विद्यार्थी संघले सुरु गरेको आन्दोलन आज पनि जारी रहेको छ । संघले बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडी प्रदर्शन गर्दै सरकारको सश्ंरक्षणमा भएको कालोबजारी तत्काल नियन्त्रण गर्न दबाव दिएको छ । कालोबजारी नियन्त्रण गर्न, शैक्षिक माफियालाई कारवाही गर्न, नीजि विद्यालयहरुको अस्वभाविक शुल्क घटाउने लगायतका विषयमा दवाव दिन प्रदर्शन गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले सञ्चारखवरलाई जानकारी दिनुभयो ।