जेठ १० काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नौ सदस्सीय हेडक्वाटर बनाउँने निर्णय गरेको छ ।
विभिन्न १० माओवादी घटकसँगको एकतापछि बसेको केन्द्रीय समिति बैठकले अन्य पदाधिकारी नरहने गरी तत्कालका लागि नौ सदस्सीय हेडक्वाटर बनाउँने निर्णय गरेको हो । सोमबारको निर्णसँगै माओबादिका पराना नेताहरु निरास बनेका छन् । पार्टी अध्यक्ष प्रचण्डले नयाँ आएका साथीहरुलाई प्राथमिकता दिएको भन्दै पुराना घर भित्रका नेताहरुले अध्यक्षलाई असन्तुष्टि प्रकट गरेका छन् ।
केन्द्रीय समितिमा एक पदीय वा बहुपदीय भन्ने विषयमा सहमति जुट्न नसकिरहेका बेला सोमबारको बैठकले हेडक्वाटर बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
हेडक्वाटरमा कोको छन् ?
प्रचण्ड नेतृत्वको हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा , कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहने छन् ।
माओवादी एकतापछि राजधानीको बत्तीसपुतलिस्थित एक पार्टी प्यालेसमा आइतबारबाट माओवादीको केन्द्रीय समिति बैठक बसिराखेको छ ।