काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा आज सर्बदलिय बैठक बस्दै छ । मधेसी दलले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन र भूकम्प पिडीतको राहत लगायतका बिषयमा छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत मधेस केन्द्रित दलहरुको उपस्थितीमा बैठक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान १० बजे हुने छलफलमा संसद्मा रहेका सबै दललाई बोलाइएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । यता प्रधानमन्त्रीले बोलाएको छलफलमा जाने नजो बारे आन्दोलनरत संघिय गठबन्धन भने अन्यौलमा रहेको छ ।