काठमाण्डौ जेठ ११ । साहसीक जलयात्राको विकास बिस्तार र प्रर्वदन गर्ने उद्धेश्यले जेठ १५ गते त्रिशुलीमा र्याफ्टिङ महोत्सव हुने भएको छ । एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा प्रत्येक बर्ष हुंदै आएको र्याफ्टिङ महोत्सव सफल बनाउन नाराले सबै पक्षलाई आग्रह गरेको छ । नाराका अध्यक्ष चन्द्र बहादुर दाहालद्धारा जारी बिज्ञप्तीमा साहसीक जलयात्राको विकासका लागि नाराले बिगत देखि नै बिभिन्न कार्यक्रम गर्दै आएको स्मरण गराउँदै यो महोत्सव पनि सफल हुने विश्वास गरिएको छ । भूकम्पले थलापरेको पर्यटन क्षेत्रलाई माथि उठाउन यस्ता महोत्सबहरुले ठूलो सहयोग गर्ने दाहाले बताउनु भयो । बिषम परिस्थितीका कारण सुस्ताएको पर्यटन उद्योगलाई साहसिक जल यात्राको माध्यमबाट बिश्वमाझ प्रचार प्रसार गर्न सकिने भएकाले अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धनमा महोत्सवले सकारात्मक सन्देश दिने नाराको भनाई छ । जेठ १५ गते हुने महोत्सवमा ५ सय आन्तरीक तथा बाह्य पर्यटकले सहभागीता जनाउने नाराले जनाएको छ । र्याफ्टिङ महोत्सवमा सहभागी हुन एक ब्यक्तिले मात्रै २ हजार रुपैया तिर्नु पर्ने छ । जुन पैसाबाट नाराले त्रिशुलि नदि सम्म जाने र्याफ्टिङ गर्ने र खानाको प्रबन्ध मिलाएको छ । यो शुल्क नाफादायि भन्दा पनि सेवाशुल्क मात्रै भएको अध्यक्ष दाहालको भनाई छ । जलयात्राका लागि धादिङको बेल्खु देखि मलेखुसम्मको रुट तय गरिएको छ भने सो रुट पुरा गर्न ३ घण्टाको समय लाग्ने नाराको अनुमान रहेको छ । र्याफ्टिङ गर्न १२ बर्ष देखि ६० बर्ष सम्मका मानिसले पाउने पनि नाराद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।