पार्टीलाई जानकारी नगरी भेला गरे पछि नेपाल र खनाललाई कारर्वाही गर्ने एमालेको तयारी !

0
654

काठमाडौ, १२ जेठ । एमालेका असन्तुष्ट नेताहरु पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको भेला आज सकिंदैछ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट वरिष्ठ नेता खनाल र नेपाल पक्षधरले हिजो र आजका लागि भेला आयोजना गरेका हुन् । ओलीले आफूहरुको सल्लाह तथा विचार राख्ने थलो नदिएको भन्दै दुई नेताले देशभरबाट कार्यकर्ता बोलाएर राजधानीमा भेला गरेका हुन् । भेलामा आगामी महाधिवेशनको लागि आफूहरुको तयारीसम्मका विषयमा पनि छलफल गरेको एक नेताले जानकारी दिए । सहभागीहरुले अध्यक्ष ओली सामान्ती पाराले एक्लै अगाडी बढेको भन्दै आन्तरीक संघर्ष चलाउनु पर्नेमा जोड दिएका थिए । आज भेलामा दुई वटा कार्यपत्र प्रस्तुत गरिने तयारी भएको छ भने दिउँसो २ बजे नेता माधवकुमार नेपालले सम्बोधन गरेर भेला सकिने जनाइएको छ । भेलाको बिषयमा ओली पक्षधरले भने पार्टीलाई कम्जोर बनाउने कार्य गरेको भन्दै दुबै नेतालाई कारबाहि गरिने बताएको छ ।