थाइराईडबाट बच्न के गर्नु पर्ला ?

0
601

काठमाडौ, १२ जेठ । आज विश्व थाइराइड दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे २५ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा थाइराइड क्षेत्रमा काम गर्ने नीजि गैरसरकारी संस्थाहरुले र्यालीलगायत जनचेतनामूलक कार्यक्रम, छलफल तथा स्वास्थ्य शिविर गरि मनाउने गरेका छन्। पछिल्लो १०÷१५ वर्ष यता नेपालमा थाइराइडका बिरामीहरु बढ्दै गएका छन् । महिलाहरुमा यो रोग बढी देखिएको विभिन्न अस्पतालहरुको तथ्यांकले देखाएको छ । विशेष गरी मिसावटयुक्त खाना र वंशाणुगत कारणले यो रोग लाग्ने गरेको चिकित्सकहरुको अनुसन्धानले जनाएको छ । हाइपोथाइरिजमको समयमै उपचार नभए मस्तिष्क, मुटुलाई असर गर्ने, बाँझोपन हुने बेहोस भएर ढल्ने खतरा हुन्छ भने हाइपोथाइरोडिजम (हर्मोन बढी हुने) भएमा मुटुको चाल गडबड भएर मानिसको मृत्यु पनि हुन सक्ने सम्भावना रहेको चिकित्सकहरुको भनाइ छ । थाइराइडबाट बच्न नियमीत ब्यायाम गर्ने तथा मिसावत युक्त खानेकुरा कम खानुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।