न्युयोर्कमा हुने मेला प्रति थुप्रै संघ संस्था आकर्षित,सहभागीताका लागि अवसर अझै बाँकी ।

0
687

जेठ १४ काठमाण्डौ,प्रकाश चन्द्र दाहाल । आगामी सेप्टेम्बरमा अमेरीकाको न्युर्योक स्थित म्यानहटनको पियर ९२मा हुने नेपाली सामान तथा बस्तुहरुको बृहत प्रदर्शनी प्रति स्वदेशी तथा बिदेशी संघ संस्थाको आकर्षण बढेको छ । प्रदर्शनी आयोजना हुन ३ महिना बाँकी रहंदा मेला प्रति चासो राख्नेहरुको संख्या बढेको आयोजक वल्र्ड विज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टले जनाएको छ । नेपाल उध्योग बाणिज्य महासंघ, साना तथा घरेलु उध्योग महासंघ,नेपाल टुरिजम बोर्ड,नेपाली एम्बेसी वशिङ्टन डिसी,नेपाल एसोसिएसन अफ ट्रावल्स एन्ड टुर्स एजेन्ट,न्युयोर्क चेम्बर अफ कमर्स,लगायतका बिभिन्न संघले आवद्धता जनाइ सकेकाछन् ।world business management

अन्य संघ संस्थाहरुसंग पनि ब्यापक अन्तक्र्रिया भैरहेको छ । अमेरीकामा हुने नेपाली प्रदर्शनीलाई मध्य नजर गर्दै वल्र्ड विज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टका निर्देशकहरु काठमाण्डौमा केन्द्रित भएका छन् । मेला प्रति नेपाली ब्यबसयीहरुको उत्साहजनक आबेदन परेको आयोजकले जनाएको छ । नेपाली हस्तकलाका सामानहरुलाई उन्तराष्ट्रिय बजारसम्म पुर्याउने महत्वपूर्ण अवसर भएकाले मेला प्रतिको आकर्षण बढेको आयोजकको दाबि छ ।

स्लट बुकिङ अनलाइन माफर्त नै गर्न सकिने भएकाले बिश्वभरका नेपालीहरुले चासो राखेकाछन् । प्रदर्शनीका लागि जम्मा ३२३ वटा मात्रै स्टल रहेकाले सबैलाई स्थान दिन गाह्रो हुने भएकाले बाँकी सिमीत स्टल नेपाली उत्पादकहरुलाई प्राथमिकताका साथ दिइने आयोजकले जनाएको छ । मेलाले आफ्नो उत्पादनको अन्तराष्ट्रिय बजार प्रबद्र्धन गर्न सहयोग पुग्ने बिश्वासका साथ एक सय पचास भन्दा धेरै ब्याबसायीहरुले स्टल बुक गरि सकेका छन् ।

आयोजक संस्थाका अध्यक्ष बुद्धि प्रसाद रेग्मीका अनुसार अमेरीकामा पहिलो पटक हुन लागेको मेलाबाट संस्थागत लाभ भन्दा राष्ट्रिय स्वार्थ धेरै पुराहुने दावी गर्नु भएको छ । रेग्मीका अनुसार म्यानहटन जस्तो चर्चित ब्यापारीक केन्द्रमा मेलाको आयोजना गरिएकाले नेपाली लगानीमा उत्पादन भएका सामानहरुको डलरमा कारोबार गरि आफ्नो उत्पादनको अन्तराष्ट्रिय बजार परिक्षण गर्ने अवसर समेत भएको भनाइ छ ।buddhi regmi

उहाँले मेलाको अवसरबाट धेरै भन्दा धेरै फाइदा लिन नेपाली उद्योगीहरुलाई आग्रह गर्नु भएको छ । आयोजकको अनुमान भन्दा धेरैले चासो राखेकाले मेला अत्यन्तै सफल हुने रेग्मीको भनाई छ । स्टल बुकिङ गर्ने समय केहि दिन अझै बाँकी रहेकाले तत्तकाल अनलाई अथवा वल्र्ड विज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टसीको पुतलीसडक स्थित कार्यालयबाटै बुक गर्न पनि आग्रह गरिएको छ ।
यसैबिच मेलालाई सफल बनाउन अध्यक्ष बुद्धि प्रसाद रेग्मीको नेतृत्वको एक प्रतिनिधि मण्डलले अमेरीकाको माथिल्लो सदनका सिनेटर,राजदुतहरु लगायत बिभिन्न उच्च ब्यक्तित्वसंगको भेटवार्ता र छलफललाई तिब्रता दिएको छ । अमेरीकी संसदले नेपाली उत्पादनका ६६ वटा बस्तुलाई बिना भञ्सार ब्यापार गर्न दिने निर्णय गरे लगत्तै हुनलागेको मेलाबाट सहभागीहरुले धेरै लाभ लिन सक्ने अनुमान गरिएको छ ।