फ्रान्समा कार्यालय समयमा मात्रै फोन,इमेल चलाउन पाईने !

0
414

एजेन्सी जेठ १४ काठमाण्डौ । फ्रान्सको लेवर कानूनमा परिवर्तन गरिएको छ । अब फ्रान्समा ५० भन्दा बढी कर्मचारी हुने कुनै पनि कम्पनीले आफ्ना कर्मचारीलाई काम गर्न निर्धारित समयबाहेक कुनै पनि बेला इमेल पठाउन सक्दैन । यदि कम्पनीले यो समयमा इमेल पठाए गैरकानुनी मानिनेछ । फ्रेन्च लेबर रिफर्म बिलमा यो व्यवस्था समावेश गरिएको हो । जसमा कर्मचारीहरुलाई ‘राइट टु डिस्कनेक्ट’ को अधिकार दिइएको छ । अर्थात कार्यालय शिफ्ट पूरा गरेपछि उनीहरुलाई कुनै इमेल गरेर तनाव दिन पाइने छैन । धेरै सर्भेहरुबाट अहिलेको वर्क कल्चरमा काम गर्न कठिन रहेको सावित भइसकेको छ। अधिकांश कर्मचारी कार्यालय समय सकेपछि पनि मानसिक रुपमा कार्यालयमै रहने गर्दछन् । किनभने उनीहरुलाई इमेल वा फोन आइनै रहन्छ । फ्रान्स सरकारका लागि अफिस बर्न आउट ठुलो समस्या थियो र उ यसमा सुधार ल्याउन चाहन्थ्यो । त्यही कारण यो कदम चालिएको बताइएको छ। प्रविधिका कारण काम गर्न भलै सजिलो भएको छ । तर जिन्दगीमा जबका कारण समस्या पनि उत्पन्न भइरहेको छ। राइट टु डिस्केक्टका अनुसार अब सप्ताहन्त, अबेर राति र विदामा कार्यालयको कामको तनाव हुने छैन । अब कमसे कम फ्रान्समा त घर बसेर कार्यालयको इमेल चेक गर्नुपर्ने झन्जट अन्त्य हुने भएको छ।