अमेरीकामा एन्टीबायोटिक्सले असर गर्न नसक्ने खतरनाक सुपर बग फेला

0
1048

जेठ १४ काठमाण्डौ,एजेन्सी । अमेरिकामा कुनै पनि एन्टीबायोटिक्सले असर गर्न नसक्ने खतरनाक सुपर बग फेला परेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा पहिलोपटक कुनै पनि ज्ञात एन्टीबायोटिक्स बेअसर हुने सुपर बग फेला परेको हो । अमेरिकामा एक महिलामा यो सुपर बग फेला परेको हो । यी महिला ई–कोलाई ब्याक्टेरियाबाट संक्रमित पाइएकी छन् । यो एन्टीबायोटिक कोलिस्टिनको प्रतिरोधक हो । सुपर बग यस्तो ब्याक्टेरिया हो जुन कुनै पनि औषधिविरुद्ध प्रतिरोधक क्षमता विकसित गर्दछ ।superbug यसमा एन्टीबायोटिक्सको कुनै असर हुँदैन । अमेरिकाका बरिष्ठ स्वास्थ्य अधिकारी थमस फ्रेडेनका अनुसार अब त्यो दिन टाढा छैन जब एन्टीबायोटिक पूर्णरुपमा अन्त्य हुनेछ । थमस अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख हुन् । यसअघि सुपर बग क्यानडा, दक्षिण अमेरिका, अफ्रिका र युरोपमा पनि पाइएको थियो ।