शान्तिबाटिकामा नेविसंघले प्रशर्दन गर्ने

0
406

काठमाडौ, १४ जेठ । महंगी, कालो बजारी नियन्त्रण गर्न र अस्वभाविक शुल्क घटाउन नेपाल विद्यार्थी संघले दवाव जारी राखेको छ ।
त्यस विरुद्धमा आज पनि नेविसंघले विरोध प्रदर्शन गर्ने भएको छ । राजधानीको शान्तिबाटिकामा आज दिउँसो ३ बजे नेविसंघले प्रशर्दन गर्ने भएको हो ।nebisangh
प्रदर्शनमा व्याङ्ग्यात्मक शैलीबाट विभिन्न सम्बादहरु गरिने नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । यसअघि नेविसंघले प्रधानमन्त्री निवास वालुवाटारमा खाली पानीको जार, खाली सिलीन्डर सहित व्याङ्ग्यात्मक प्रदर्शन गरेको थियो ।