जेठ १७ काठमाडौ । आर्थिक बर्ष २०७३र०७३ को बजेटका विषयमा आजदेखि व्यवस्थापिका संसदमा छलफल हुने भएको छ । सरकारले गएको शनिबार १० खर्ब ४८ अर्ब भन्दा बढीको बजेट ल्याएको थियो । आजदेखि १९ गतेसम्म संसद बैठकमा नयाँ बजेट बारेको छलफलमा सांसदहरुले धारणा राख्नेछन् । सांसदहरुले धारणा राखेपछि छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । संसदको बैठक ११ बजेका लागि बोलाइएको छ । संसदको बैठकअघि बजेटमा भनाई राख्ने विषयमा प्रमुख दलहरुले संसदीय दलको बैठकमा छलफल पनि गरेका छन् । नेकपा एमालेले आरोपहरुको प्रतिवाद गर्ने, नेकपा माओवादी केन्द्रले आलोचनात्मक समर्थन गर्ने र नेपाली कांग्रेसले बजेटको कडा आलोचना गर्ने रणनीति तय गरेको छ । बजेटका केही कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया आए पनि कार्यान्वयनका विषयमा चुनौती रहेको विश्लेषण भइरहेको छ ।