५ मिनेटमा दिल्ली ध्वस्त बनाउने पाकिस्तानको चेतावनी ।

0
595

जेठ १७ काठमाण्डौ । एजेन्सी पाकिस्तानले भारतको राजधानी नयाँ दिल्लीलाई पाँच मिनेटमा ध्वस्त पार्न सक्ने चेतावनी दिएपछि भारतमा तिब्र प्रतिक्रिया उत्पन्न भएको छ। पाकिस्तानका परमाणु कार्यक्रमका पिता मानिने डा। कादिर कानले भारतको राजधानी निशाना बनाउन पाँच मिनेट पनि नलाग्ने चेतावनी दिएपछि भारतीय रणनीतिक विश्लेषकहरुले त्यस्तो निन्दासमेत गरेका छन् । भारतीय विशेषज्ञहरुले भारतसँग पनि पुरा पाकिस्तानलाई निशाना बनाउन सक्ने क्षमता रहेको दावीसमेत गरेका छन् । तर, परमाणु हतियार युद्धका लागि नभएर प्रतिरोधका लागि भएको भारतीय रणनीतिक विशेषकहरुको भनाइ छ। विवेकानन्द इन्टरनेशनल फाउन्डेशनका निर्देशक पूर्व सेना प्रमुख जनरल एनसी विचले खानको अभिव्यक्ति अपरिपक्व र विचित्रको भएको टिप्पणी गरेका छन् । उनले परमाणु मिसाइल युद्धको हतियार नभएर प्रतिरोध हतियार मात्र भएको बताएका छन् । उनले भारतमा पनि पाकिस्तानलाई निशाना बनाउने क्षमता रहेको भन्दै पाकिस्तानलाई जधाभावी नबोल्न चेतावनी दिएको छ। पाकिस्तानको पहिलो परमाणु परीक्षणको १८औं वर्षगाँठका अवसरमा इस्लामावादमा भएको कार्यक्रममा खानले पाकिस्तानको रावलपिन्डीको कहुटाबाट पाँच मिनेटमा भारतीय राजधानी दिल्लीलाई निशाना बनाउन सक्ने बताएका थिए । इन्स्टिच्युट फर डिफेन्स स्टडीज एन्ड इनालिसिसका अवकास प्राप्त ब्रिगेडियर गुरमीत कुंवलले खानले सधै बढाई चढाई दावी गर्ने गरेको बताए । उनले परमाणु हतियार प्रतिरोधका लागि भएको भन्दै पाकिस्तानले निकै उक्साहटमा यसको प्रयोग गर्ने बताए । पाकिस्तानका सेना प्रमुखले परमाणु हतियार आक्रमणका लागि आदेश दिए पनि शान्तिकालको सतर्कतालाई ध्यान दिदै यसको सुरुवात गर्न कम्तीमा पनि ६ घण्टा लाग्ने बताए । सेन्टर फर एयर पावर स्टडिजमा कार्यरत अवकास प्राप्त भाइस मार्शल मनमोहन बहादुरले यो केवल प्रचारका लागि मात्र दिएको अभिव्यक्ति बताए । उनले खानले यस्तो भिव्यक्ति दिएर सस्तो लोकप्रियता कमाउन खोजेको बताए । सोसाइटी फर पलिसी स्टडिजका अवकास प्राप्त कमोडोर। सी उदय भास्करले नाटकीय घोषणा गर्ने र समाचारको शिर्षक बन्ने रुची खानमा भएको दावी गरे ।