केडिया यसरी अपहरण मुक्त भए !

0
375

जेठ १७ काठमाण्डौ । उद्योगपति सुरेशकुमार केडिया भारतीय अपराधिक समूहलाई दश करोड भारतीय रुपैयाँ फिरौती बुझाएर अपहरणमुक्त भएको खुलासा भएको छ। बिहार प्रहरीले नेपालका उद्योगपति सुरेश केडियालाई अपहरणको चार दिनपछि अपहरणकर्ताबाट आफ्नै बलमा मुक्त गराएको दावी गरे पनि केडियाको पारिवारिक स्रोतले दश करोड फिरौती दिएर मुक्त भएको बताएका छन् ।suresh kedia

केडिया परिवारका एक सदस्यले भारतीय संचार माध्यमलाई बताएअनुसार फिरौती रकम हुन्डी मार्फत काठमाडौबाट भारतको मुम्बई पठाइएको थियो । पाँच पाँच करोड रुपैयाको दरले दुईपटक गरेर रकम मुम्बई पठाइएको बताइएको छ। फिरौती असुल गरेपछि अपहरणकर्ताले केडियालाई भारतकै मोतिहारीको एउटा गाउँमा लगेर छाडेका थिए । अपहरणकर्ताले प्रहरीलाई केडिया सो स्थानमा रहेको जानकारी दिएको आधारमा प्रहरी पुगेको बताइएको छ। रक्सौलमा भएको पत्रकार सम्मेलनमा एसपी विनयकुमार र मोतिहारीका एसपी जितेन्द्र राणाको दावीका बीच उद्योगपतिले प्रहरीकै सामु उनलाई अपहरणकारले कालो चस्मा लगाएर अज्ञात स्थानमा छाडेको बताएका थिए ।

त्यसपछि उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । पत्रकार सम्मेलनमा एसपी राणा र विनयकुमारले अपहरणकर्ताको चंगुलबाट आफ्नो पहलमा मुक्त गराएको दावी गरेका थिए । सुरेश केडिया नेपालको सद्भावना पार्टीका सांसद विमल केडियाका भाइ भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सुरेश केडियाको रिहाइका लागि दश करोड रुपैयाँ विमल केडियाले नै जुटाएका थिए ।

भाइको अपहरण भएपछि विमल केडिया तीन दिनसम्म काठमाडौ छाडेर वीरगञ्ज पुगेका थिए । प्रहरी स्रोतका अनुसार विमल केडिया काठमाडौमै रहेर फिरौती रकम मुम्बई पठाउने कोशिसमा जुटेका थिए । जाँच टिममा रहेका नेपाल प्रहरी सेतका अनुसार रक्सौलको पत्रकार सम्मेलनमा जुन अपहरणकारी पक्राउ गरेको भन्दै देखाइएको थियो । उन अपहरणकै दिन बरामद भएको स्कारर्पियोका साथ सुनौलीबाट पक्राउ परेका थिए । साथै प्रहरीले रक्सौलबाट पक्राउ परेका आधा दर्जन संदिग्धलाई समेत सार्वजनिक नगरेको भारतीय संचार माध्यमको आरोप छ ।