जेष्ठ १८ काठमाण्डौ । वैशाख अन्तिम साता सरकार फेर्ने रणनीति सतहमा आएसँगै चिसिएको प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्धमा थप दूरी बढेको छ । दुई सत्तासाझेदारबीच सोमबार बिहान बालुवाटारमा भेट त भयो, तर पौने घण्टाको चिया गफ सौहार्द बन्न सकेन ।
दाहालले माओवादी केन्द्रको संसदीय दल र हेडक्वार्टर नेता सम्मिलित बैठकमा आइतबार बजेट र ओली कार्यशैलीको चर्को विरोध गरेका थिए । ओलीले भेटमा त्यसबारे जिज्ञासा राखेको स्रोतले बतायो । स्रोतका अनुसार दाहालले बजेटपछि आफूलाई नेतृत्व हस्तान्तरण गर्ने र्सतमा बालुवाटारमै अनौपचारिक सहमति भएअनुरूप अब बाटो खोल्नुपर्ने अडान लिएका थिए ।
‘प्रधानमन्त्रीले त्यस्तो कुनै अनौपचारिक सहमति भएको छैन भनी दोहोर्याएर अभिव्यक्ति दिएकोमा उहा“को आपत्ति थियो,’ भेटघाटबारे दाहाल निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूले आफू अहिल्यै हटदा राजनीतिक अस्थिरता आउन सक्ने भन्दै अध्यक्षज्यू -दाहाल) लाई कर्ुन भनेपछि कुराकानी अघि बढेन ।’
आफ्नो दलका नेताले नेतृत्व गर्ने शिक्षा, ऊर्जा र कृषि मन्त्रालयमा किन बजेट कम पारिएको भनी ओलीलाई दोहोर्याई-दोहोर्याई दाहालले सोधेको दाबी स्रोतको छ । बजेट आउने बेला दाहालले ओलीलाई यसबारे ध्यानाकर्षा गराए पनि ओलीले बजेटलाई एमालेले मात्रै राजनीतिक पु“जीकृत गरेको सन्देश जाने गरी एक्लै अघि बढेकोमा दाहालको आपत्ति थियो ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले भने भेटमा त्यस्तो कुराकानी नभएको दाबी गर्दै भेटघाट नियमित सिलसिला भएको बताए । ‘बाहिरबाट हेर्दा के के न भएको जस्तो देखिएला, तर भित्र त सामान्य भेटघाट हो । उही नियमित चियागफ,’ रिमालले भने, ‘सरकारको विषय त झन् उठेकै होइन । प्रधानमन्त्रीको स्वभाव थाहै छ, उहा“ बाहिर एउटा बोल्ने भित्र अर्को गर्ने मानिस होइन ।’
माओवादी केन्द्र स्रोतका अनुसार दाहालले बजेट ल्याउँदा आफ्नो दलको नेतृत्व रहेका मन्त्रालयलाई उपेक्षा गरेको, जेठ २३ मा भएको ९ बु“दे सहमतिलाई बजेटले सम्बोधन नगरेको भन्दै प्रधानमन्त्रीसँग कारण सोधेका थिए । ओलीले भने प्रतिपक्षी कांगे्रस बजेटकै कारण संसद् अवरुद्ध गर्ने रणनीतिमा रहेको भन्दै मिलेर सामना गर्न दाहाललाई आग्रह गरेका थिए । सरकारले शनिबार प्रस्तुत गरेको बजेटमाथि कांग्रेसले संसद्मा सोमबार विरोध जनाउ“दै अवरुद्धसमेत गरेको थियो । बालुवाटार स्रँेतले दर्ुइ दलले संयुक्त रूपमा विपक्षी प्रतिरोध चिर्ने रणनीति बनाएको दाबी गरेको छ ।
‘बजेटमा समावेश गरेका अधिकांश विषयको स्पिरिट प्रगतिशील भएकाले त्यसको रक्षा गर्ने दायित्व दुवै दलको हो,’ बैठकपछि प्रधानमन्त्री निकट एक नेताले भने, ‘तर शान्ति प्रक्रियाको काम अझै टुंग्याउन सरकार प्रतिबद्ध नरहेको, संघीयता कार्यान्वयन गर्न ढिलो भइरहेको, भूकम्पपछिको पुनर्निर्माणमा सरकारी उदासीनता देखिएकोमा प्रचण्डजीको आपत्ति हो । त्यसको सम्बोधन पनि हु“दै जान्छ ।’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले बजेटमाथि भेटघाट केन्द्रित भए पनि सकारात्मक पक्षको चर्चामात्रै भएको बताए । ‘बजेटबाहेक प्रधानमन्त्रीज्यू र अध्यक्ष प्रचण्डबीच अरू कुरा भएन,’ उनले भने ।
माओवादी केन्द्रले भने बजेटमा एमालेको एकलौटी भएको भन्दै संसद्मा विरोध गर्न सांसदहरूलाई आइतबारै निर्देशन दिइसकेको छ । संसद्मा देखिने माओवादी तयारीलाई सरकार परिवर्तनको रणनीतिक संकेतका रूपमा हर्ेन थालिएको छ । अध्यक्ष दाहालले गत वैशाख २२ गते विज्ञप्ति जारी गरेर ओली सरकारले शान्ति प्रक्रियाका थाती कार्यभार नटुंग्याएको भन्दै आफ्नो नेतृत्वमा सरकार बनाउने घोषणा गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले उनलाई साथ दिने वचन दिए पनि अर्को दिन उनी आफैं पछि हटेका थिए । त्यसयता दुई सत्तारूढ दलका यी अध्यक्षबीच सम्बन्ध सुध्रिन सकेको छैन ।
दाहालले सहिद परिवारले ५ लाख पाइसके पनि अर्को ५ लाख यो बजेटमा व्यवस्था गर्ने भनिएको तर त्यसमा रकमी भाषा प्रयोग गरिएको भन्दै आपत्तिसमेत जनाए । आइतबार संसदीय दलमा बोल्दै उनले भनेका थिए, ‘बजेटलाई संविधानमा राखिएका प्रावधानअनुरूप छ कि छैन, शान्ति प्रक्रियास“ग सम्बन्धित छ कि छैन, भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणलाई सम्बोधन गरेको छ कि छैन, आदिवासी जनजाति, थारू मुस्लिम मधेसका जनताले उठाएका कुराहरूलाई सम्बोधन गरेको छ कि छैन भनेर हर्नुपर्छ ।’
दाहालले ९ बु“देभित्र भद्र सहमति भएअनुरूप नीति तथा कार्यक्रम र बजेट सदनमा पेस भएपछि एमालेले सरकार छाड्ने र माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउन मद्दत गर्ने भद्र सहमति भएको भनी दोहोर्याएको उनको वेबसाइटमा उल्लेख छ ।कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।