गरीव र निमुखाबर्गका लागि ज्यान दिन तयार : कलाकार सिंखडा

0
1159

आजको परिवर्तनलाई हामीले कसरी परिवर्तन मान्ने । रोग लागेर उपचार नपाई मान्छे मरेका छन् बिद्यालयको शुल्क तिर्न नसकेर बिद्यार्थी शिक्षाबाट बञ्चीत छन् । खानेपानीको अभावमा काकाकुल बनिंदै छ । यो ८—१० बर्षमा केहि मान्छेहरु दिन दुगुना रात चौगुना अरवपति बनेका छन् । के यहि परिणामलाई हामीले परिवर्तन भन्ने ? आम दिदि बहिनी दाजुभाईहरु नेपाली राजनीतिक संस्कार र पद्धति बिल्कुल ठिक भएन । गरिव परिवारमा जन्मीएको एउटा युवती आर्थिक अभावले बिबाह गर्न नसक्दा बुढि कन्या हुन बाध्य छिन् । एउटा युवक बेरोजगारीका कारण पारिवारीक बन्धनमा बाँधिन नसक्ने अवस्थामा छ । के यहि हो त परिवर्तन ? यि शब्द सामान्य छन हेर्दा ।shree krishna छातीमा हात राखेर सोच्नुस् यो यर्थाथ हो । शहरमा विकासको चर्चा चलेको छ । गाउँमा मर्ने बेला भएकी आमाले झुप्रो हस्तानतरण गर्ने उत्तराधिकारी पाइरहेकी छैनन् । सामन्तबाद त्यसलाई भनिन्थ्यो जस्ले गाउँमा असिमीत जमिन जाडेर त्यही जमिनको पहुंचमा दादागीरी देखाउँथ्यो र जनतालाई शोषण गथ्र्यो । आज हामी आफुलाई क्रान्तीकारी भन्छौ । मेरो बुझाईमा गाउँ गाउँमा जमिन्दारहरुले गरेको अन्याय र अत्याचारबाट पिडीत भएर त्यसको अन्त्यका लागि नेताहरुले नारा दिएका हुन् । के त्यो जमिन प्रतिको नीतिमा क्रान्तिकारी परिवर्तन भयो त ? भएन नाराहरु फोस्रा भए नव धनाढ्यको उदय भयो । भनाई र गराइ ठिक बिपरीत भए । हो यहि हो हाम्रो अहिलेको राजनीतिक समस्या । अब यो समस्याको समाधान सिंहदरबारको पर्खाल भित्रबाट संभव छैन फेरी गाउँ गाउँबाट जागरण आउन जरुरी छ । दलाल र माफियाहरुको क्रिडास्थल जस्तै बन्यो नेपाल । एउटा समुदायमा एउटा अरबपति हुन्छ अर्को त्यहि समुदाय भित्र सामान्य बिरामी पर्दा अस्पताल पुग्न सक्ने हुंदैन अनिहामी सामाजिक न्यायको बखान गर्छौ । मानवअधिकारको ढोल पिट्छौ । आर्थिक संबृद्धिको नारा चुट्छौ । यो सब के का लागि ? आजैबाट हामीले क्रान्ती गर्ने हो भने सबै कुराको राष्ट्रियकरण गरौ । बजेट जति सबै उत्पादनमा खर्च गरौ । आठ घण्टा श्रम नगरी खान नपाउने ब्यबस्थाको अन्त्य गरौ । निजि बिद्यालय राष्ट्रियकरण गर्दै बोडिङको ब्यबस्था खारेज गरौ आम नागरीकले पढ्न पाउने गुणस्तरीय बिद्यालयको निर्माण गरौ । नेपाली पैसा बिदेशमा पढ्नको लागि पठाउने ब्यस्थाको अन्त्य गरौ । नेपालको राजनीतिक परिवर्तन संगै राजनेताहरु र त्यसको आडमा रहेर अरबपति बनेकाहरुको संपत्ति राज्यकोषमा फिर्ता गरौ । हामीले सोच्यौ भने समुन्नत राष्ट्रको हामी संबृद्ध नेपाली बन्न धेरै समय कुर्नु पर्ने छैन । अब सुरु कस्ले र कहाँबाट गर्ने भन्नेमात्रै बाँकी छ । यो अभियानको सुरुवात छिट्टै हुने छ । वरिष्ठ हांस्यब्यङग्यकार श्रीकृष्ण सिंखडाको राष्ट्रप्रेमी भनाइमा आधारीत ।