माओवादी केन्द्रीय सदस्यको संख्या लगभग महाधिवेशन प्रतिनिधि बराबर हुने।

0
565

काठमाण्डौ, जेष्ठ २०। आज विहान पेरिसडाँडामा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले महाधिवेशन आयोजक समितिमा १ हजार ९९ सदस्य बनाएको मध्य १ सय जनाको नाम भने टुंगो लाग्न बाँकी रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।१० दिन पहिले सम्पन्न केन्द्रीय समितिले महाधिवेशन आयोजक समिति ६ सय ९९ सदस्यीय, पोलिट्ब्युरो १ सय ५१ सदस्यीय र स्थायी समिति बढीमा ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो । माओवादी केन्द्रीय सदस्यको संख्या झन्डै महाधिवेशन प्रतिनिधि बराबर हुनेैछ । दुई ठूला दलमध्ये कांग्रेसको केन्द्रीय कार्यसमितिमा ८५ र एमालेको केन्द्रीय कमिटीमा ९९ सदस्य रहेका छन् ।यसअघि ६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनिसकेकामा विगतको एमाओवादीबाट आएकाले असन्तुष्टि जनाएपछि ३ सय सदस्य थप्ने गृहकार्य पुनको कार्यदलले पाएको हो ।विधानअनुसार माओवादी केन्द्रीय समितिको एक तिहाई सदस्य स्थायी समिति रहने त्यसको एक तिहाई सदस्य पोलिटब्युरो हुने प्रावधान छ । यसै वर्षको अन्त्यमा महाधिवेशन गर्ने निर्णय पनि माओवादीले पहिलो केन्द्रीय समिति बैठकमार्फत लिईसकेको छ ।