नेपाली फिल्म पाइरेसी गर्ने पक्राउ

0
957

काठमाडौं, २० जेठ । फिल्म पाइरेसीमा संलग्न दुईजनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी आज सार्वजनिक गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले वितरक हाइलाइट्स नेपाल प्रालि र निर्माता सुपर काजोल फिल्मको उजुरीका आधारमा रुपन्देहीका विधान गरुङ र भक्तपुरका चन्द्र लबाजुलाई पक्राउ गरेको हो । चलचित्र निर्माता र वितरक क्रमशः हाइलाइट्स र सुपर काजोलले चलचित्रको बजार व्यवस्थापन अगावै डिजिटल तथा सिडीमा चलचित्र वितरण गरिएकाले आफूहरुलाई रु एक करोड बराबर क्षति पुगेको दाबीसहित उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । नेपाल चलचित्र कलाकार सङ्घलेसमेत गैरकानुनीरुपमा पूरै चलचित्र पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक घाटा हुनुको साथै समग्र नेपाली चलचित्र क्षेत्रलाई समेत असर पार्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।