जेठ,२१ काठमाडौं । काठमाडौंमा बिक्री गर्न लागिएको साढे तीन किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले बालाजु बाइपासबाट दैलेखका नारायण प्रसाद खनाललाई पक्राउ गरेको डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो। खनालले मकवानपुरबाट ल्याएको चरेस काठमाडौंमा बिक्री गर्न लागेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाई छ । मकवानपुरमा चरेसको फ्याक्ट्री नै चलाउने गरेका खनालले केही चरेस भारतमा र केही काठमाडौंमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘काठमाडौंमा ल्याइएको चरेस ठमेलमा आउने विदेशीलाई एक किलोको २५ हजार रुपैयाँका दरले बिक्री गर्ने गरेको देखिएको छ,प्रहरी अनुसन्धानले देखाएको छ।