जंगली च्याउ खांदा १० जनाको मृत्यु ।

0
600

जेठ, २१ पाँचथर । जङ्गली च्याउ खाएर पाँचथरमा थप एकको मृत्यु भएको छ । योसँगै पाँचथरका विभिन्न ठाउँमा च्याउ खाएर मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मृत्यु हुनेमा पाँचथर जिल्लाको आङना–१ बस्ने ३६ वर्षीय वीरेन्द्र माङलाक रहेका छन् । उनी जङ्गली च्याउ खाएर गत जेठ १० गते बिरामी भएका थिए । धरानमा आइसियुको अभावमा उपचार हुन नसकेपछि दमकको आम्दा अस्पतालमा आइसियुमा राख्नका लैजाँदै गर्दा बाटोमा नै गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।